Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था सामान्य, ढुंगा–लेदो पन्छाउने कार्य निरन्तर

मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था सामान्य, ढुंगा–लेदो पन्छाउने कार्य निरन्तर

चितवन : मुग्लिन–नारायणगढ सडक खण्ड आज सामान्य अवस्थामा छ । सडक डिभिजन भरतपुरका अनुसार बिहीबार (विजयादशमी) बिहान ८ बजेसम्म यातायातका साधनहरू अवरोधविना सञ्चालनमा रहेका छन् ।

वर्षा र चाडपर्वको समयसँगै बाटोमा सामान्य रूपमा ढुंगा र लेदो खस्ने गरे पनि डिभिजनमा तैनाथ उपकरणमार्फत सडक सफा गर्ने कार्य भइरहेको छ । डिभिजनका अनुसार अपरेटर अमर गुरुङको संयोजनमा झरेका ढुंगारलेदो हटाउने काम निरन्तर भइरहेको छ ।सडक डिभिजन भरतपुरले यात्रु र सवारी चालकलाई यात्रा अघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij