चितवन : मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । बुधबार बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यसअघि उक्त सडकमा पहिरोका कारण पटक पटक यातायात प्रभावित हुँदै आएको थियो । चाडपर्वका कारण सवारीसाधनको चाप उच्च हुने भएकाले चालकलाई निर्धारित गति सीमा भित्र रहेर लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij