Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना गरिदैँ

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना गरिदैँ

काठमाडौं :  आजआश्विन शुक्ल नवमी। महानवमी पर्व मनाइँदैछ। महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।

चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।

अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।

नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ। ​ पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन्।

लौकिक रूपमा यो दिन बाहन अर्थात् आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ। ​ शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ। यो दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ।

नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ।

नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि महानवमी मा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij