Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रोकी राखेको -याकरमा इभि माइक्रो ठोक्कदाँ आठ जना घाइते

रोकी राखेको -याकरमा इभि माइक्रो ठोक्कदाँ आठ जना घाइते

मुग्लिन,१४ असोज :  नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी दुर्घटना हुदाँ  आठ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज  मङ्गबार विहान ४ : २५ बजे चितवनको इच्छाकामना वडा नम्बर ५ स्थित  दुई नम्बर पुलमा बिग्रेर रोकि राखेको बा४ख ११४० नम्बरको  -याकरमा नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००६९ नम्बरको इभि माइक्रो ठक्कर खादाँ माइक्रोमा सवार आठ जना घाइते भएका हुन् ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधनमा क्षती पुगेको र दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको लिएको छ । अहिले सो क्षेत्रमा सवारी आवागमनमा अवरोध नरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij