Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

हर्क साम्पाङको पार्टीको झण्डा नहुने, चुनाव चिह्न मात्रै हुने

हर्क साम्पाङको पार्टीको झण्डा नहुने, चुनाव चिह्न मात्रै हुने

काठमाडौँ : धरानका मेयर हर्कराज साम्पाङले ‘श्रम संस्कृति पार्टी’को झण्डा नहुने बताएका छन्। उनले पार्टीमा चुनाव चिह्न मात्रै रहने र झण्डा प्रयोग नगर्ने स्पष्ट पारेका हुन्।साम्पाङका अनुसार पार्टीमा ‘कार्यकर्ता’ भन्ने शब्द प्रयोग हुने छैन। बरु, सबै सदस्यलाई ‘श्रमदाता’ भन्ने उल्लेख गर्दै उनले फेसबुकमा भनेका छन्, 'कोही कसैको कार्यकर्ता बन्नु पर्ने छैन, सबैले देशका लागि श्रमदान गर्ने भएकाले ससम्मान श्रमदाता भनिनेछ।'

उनले आफ्नो पार्टीमा व्यक्तिको स्वतन्त्र अभिव्यक्ति अधिकारलाई पूर्णरूपमा सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरे। 'ह्वीप जारी गरेर कसैलाई दबाइने छैन,' साम्पाङको भनाइ छ, 'व्यक्तिको बोल्नपाउने अधिकारलाई सम्मान गरिनेछ।'साम्पाङले हालै श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदनमा उनलाई नै संयोजक प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट