Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

एनपीएल : चितवन राइनोजले सार्वजनिक गर्‍यो नयाँ जर्सी

एनपीएल : चितवन राइनोजले सार्वजनिक गर्‍यो नयाँ जर्सी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि चितवन राइनोजले नयाँ जर्सी सार्वजनिक गरेको छ ।चितवनले अरेन्ज र कालो रङको संयोजनमा बनाएको नयाँ जर्सी सार्वजनिक गरेको हो। यो केवल खेलाडीहरूको पोसाक मात्र नभई चितवनकै संस्कृति, प्रकृति र पहिचानको प्रतिनिधित्व गर्ने ‘स्टेटमेन्ट’ बनेको टोलीको भनाइ छ।

क्लबका अनुसार, जर्सीमा अत्याधुनिक फ्याब्रिक प्रयोग गरिएको छ । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्नेमात्र होइन, खेलाडीको श्वासप्रश्वास र गतिशीलतालाई पनि सहज बनाउने छ ।

नयाँ जर्सी काठमाडौं उपत्यकामा जर्सीपुलबाट उपलब्ध हुने क्लबले जनाएको छ । साथै, चितवन राइनोजको आधिकारिक वेबसाइट, चितवनस्थित मर्च स्टोर र अफिसियल सामाजिक सञ्जालमार्फत् पनि खरिद गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij