Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

टिगद्वारा प्रस्तुत नास-आईटी एक्स्पो २०२५ : व्यवसायलाई प्रविधिसँग जोड्दै र नेपालको एआई भविष्यलाई आकार दिँदै

टिगद्वारा प्रस्तुत नास-आईटी एक्स्पो २०२५ : व्यवसायलाई प्रविधिसँग जोड्दै र नेपालको एआई भविष्यलाई आकार दिँदै

काठमाडौँ : नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)ले टिगद्वारा प्रस्तुत नास(आईटी एक्स्पो २०२५  (backlink: https://expo.nasit.org.np/) को घोषणा गरेको छ जुन आगामी नोभेम्बर ७–८ मा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजना हुँदैछ।

नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउने दृष्टिकोण राखेर घरेलु बजारलाई उजागर गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नास(आईटी एक्स्पो २०२५ आयोजना हुँदैछ। यस एक्स्पोले स्थानीय क्षमतालाई प्राथमिकता दिँदै उद्यमशीलतालाई प्रोत्साहन गर्ने, प्रविधि उद्योगको स्तरोन्नति बढाउने र नेपालको प्रविधि क्षेत्रमा दिगो विकास योगदान गर्ने लक्ष्य राखेको छ।

नास-आईटी एक्स्पो २०२५को मुख्य प्रायोजकको रूपमा टिग  (backlink: https://www.tiggapp.com/)  रहेको घोषणा गर्न पाउँदा हामी गर्वित छौं । यो नेपालकै पहिलो व्यवसाय केन्द्रित प्रविधि मञ्च हुनेछ जसको प्रमुख उद्देश्य आईटी सेवा प्रदान गर्ने कम्पनीहरूलाई कर्पोरेट क्षेत्र, बैंकिङ र बीमा, उत्पादन, टेलिकम, सरकारी निकाय तथा लगानीकर्ताका प्रमुख निर्णयकर्ताहरूसँग प्रत्यक्ष जोड्नु हो। अन्य प्रदर्शनीहरूभन्दा फरक यस कार्यक्रमले विशेषगरी आर्टिफिसियल इन्टेलिजिन्स (AI) र डिजिटल रूपान्तरणमा जोड दिँदै व्यवसायिक सहकार्य, सम्झौता र ब्रान्ड निर्माणको केन्द्रका रूपमा आफूलाई स्थापित गर्दैछ।

नास-आईटीका अध्यक्ष गौरव पाण्डेको अनुसार, “हाम्रो लक्ष्य नेपालको अत्याधुनिक आईटी सोलुसन प्रदर्शन गर्नु, उद्योगहरूसँग सहकार्य गर्नु र प्रविधि विकासले कसरी व्यवसायको भविष्य निर्माण गरिरहेको छ भन्ने देखाउनु हो।”

टिगद्वारा प्रस्तुत नास(आईटी एक्स्पो २०२५ का मुख्य आकर्षणहरू:  ● ३० भन्दा बढी आईटी कम्पनीहरूका प्रदर्शनी  : व्यवसायलाई अझ प्रभावकारी र दिगो बनाउन गरिएका सेवा र समाधानहरूको विविध प्रदर्शन। ● विशेष अफर र प्याकेजहरू  : प्रदर्शकहरूले अवलोकनकर्ताहरूलाई विशेष अफर र प्याकेजहरू उपलब्ध गराउने जसले कार्यक्रममै वास्तविक व्यवसायिक अवसर सिर्जना गर्नेछ। ● पिच डेक र नयाँ समाधानको शुभारम्भ :  कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधान सार्वजनिक गर्ने, प्रत्यक्ष पिच सेसनमार्फत नवप्रवर्तन र व्यावहारिक प्रयोग प्रदर्शन गर्ने। ● लगानीकर्ता र कर्पोरेट नेटवर्किङ  : आईटी कम्पनी, कर्पोरेट, वित्तीय संस्था र लगानीकर्ताबीच प्रत्यक्ष संवाद र सहकार्यलाई प्रोत्साहन गर्न विशेष स्थान।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा प्रविधिलाई प्रयोग गरी वृद्धि, कार्यक्षमता र प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने उद्देश्य राखेका कर्पोरेट नेतृत्व, नीतिनिर्माता, लगानीकर्ता र उद्यमीहरू सहभागी हुने अपेक्षा गरिएको छ।

टिगद्वारा प्रस्तुत नास(आईटी एक्स्पो २०२५ केही अग्रणी संस्थाहरूको सहयोगमा आयोजना हुँदैछ। Tigg टाइटल स्पोन्सर, eSewa (backlink: https://esewa.com.np/) सिल्भर स्पोन्सर, र Reduct, Rapid (backlink: https://rapid.gokyolabs.com ), Ncell Business (backlink: https://www.ncell.com.np/en/business), Vianet Communication (backlink: https://www.vianet.com.np/)  र  Data World (backlink: Data World: Homedataworld.com.nphttps://dataworld.com.np) सपोर्टिङ स्पोन्सरका रूपमा रहेका छन्।

कार्यक्रम विवरण 📅 मिति : नोभेम्बर ७–८, २०२५ 📍 स्थल : हेरिटेज गार्डेन, सानेपा, ललितपुर 🌐 दर्ता : :  https://eventsmo.com/en/event/nas-it-expo-2025

नास-आईटीको बारेमा :  (backlink: https://expo.nasit.org.np/)

नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) नेपालको आईटी क्षेत्रको प्रमुख गैरनाफामूलक उद्योग संघ हो। यसले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बजार सञ्जाललाई सुदृढ बनाउने, र नेपाललाई ग्लोबल हबको रूपमा स्थापित गर्ने लक्ष्यका साथ कार्य गर्दछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट