चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोलामा झरेको पहिरोको रिपोर्टिङ्गका लागि गएका चितवनका दुई जना पत्रकार मोटरसाईकल दुर्घटनामा परेका छन्।प्रेस युनियन चितवनका अध्यक्ष तथा नेपाल टेलिभिजन र अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार अनिल ढकाल दुर्घटनामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।
मोटरसाईकलको पछाडी बसेका जि न्युज अनलाइनमा कार्यरत पत्रकार सुदन पौडेल मंगलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको अवस्थाको रिपोर्टिङका लागि जाँदै गर्दा उनीहरु भरतपुर २९ को भतेरीमा दुर्घटनामा परेका थिए ।
पत्रकार ढकालले चलाएको बा.प्र.०६–००१ प ७४०५ नम्वरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ७५३७ नम्वरको ट्रकसंग ठक्कर खाएको थियो ।ढकालको टाउको र हातमा गम्भिर चोट लागेको छ । उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ।
ट्रक चालक नवलपुरको देवचुली नगरपालिका १२ बस्ने बर्ष ४१ को महान बहादुर गुरुङ्गलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा घाइते भएका सुदन मंगलबार नै अस्पतालबाट डिष्चार्ज भैसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij