Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

तुइन खोलामा शुक्रबारभन्दा ठूलो पहिरो, सडक बुधबार दिनभर बन्द हुनसक्ने

तुइन खोलामा शुक्रबारभन्दा ठूलो पहिरो, सडक बुधबार दिनभर बन्द हुनसक्ने

चितवन : तुइन खोलामा ठूलो पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक पूर्ण रूपमा अवरूद्ध भएको छ। सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले मंगलबारको पहिरो शुक्रबारको भन्दा ठूलो रहेको बताए।

यो पन्छाउन भोलि दिनभर लाग्नसक्ने जानकारी उनले दिए। ‘आजैबाट काम सुरु गर्छौं। अँध्यारो भएपछि काम गर्न सकिँदैन। बिहानै फेरि सुरू गर्छौं,’ उनले भने, ‘पहिरो पन्छाउन कमसेकम भोलि दिनभर लाग्न सक्छ।’

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रवीन्द्र खनालले पहिरो खसेपछि दुबै तर्फका सवारी रोकिएको जानकारी दिए।उनले पहिरो खस्ने क्रम चलिरहेकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij