Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

'सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्छ'

'सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्छ'

काठमाडौँ : मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् । फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस भुसाल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे । पश्चिमा शक्तिको प्रभावले छिमेकी मुलुकको सुरक्षामा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भन्दै उनीहरूले संकटको घडीमा छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भैरहेको स्मरण गरे ।

चीनसंग रणनीतिक साझेदारमा जोड दिँदै शिक्षा, पर्यटन, स्वास्थ्य, युवा लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने उनीहरूको धारणा थियो । नेपालमा युवाहरूको आन्दोलन भ्रष्टाचार विरुद्ध भएको स्पष्ट भएकाले सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट