Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा

सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा

काठमाडौं : सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा सो व्यवस्था गर्न भनेका हुन् ।

यसअघि कर्मचारीले तयार पारेको पहिलो निर्णयमा सञ्चारमन्त्रीले हस्ताक्षर गरेका थिएनन् ।सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट