भरतपुर : ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ रोटरी क्लब अफ भरतपुरले आइतबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पतालको परिसरमा आयोजित गरिएको थियो। रोटरी क्लब अफ भरतपुरका कोषाध्यक्ष बद्रीनाथ पोखरेलको संयोजनमा सम्पन्न कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा क्लबका अध्यक्ष डा. कृष्णसागर शर्माको अध्यक्षता रहेको थियो भने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का पूर्व डिस्ट्रिक्ट गभर्नर रविन्द्रकुमार पिया प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमको सञ्चालन सचिव नबिन भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र चापागाईंले प्रस्तुत गरेका थिए। यस अवसरमा वीपी कोइराला स्मृति क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, कार्यकारी निर्देशक शिवजी पौडेल, असिस्टेन्ट गभर्नर धनबहादुर श्रेष्ठ, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिव खनाल, पूर्व अध्यक्ष विष्णु शर्मा, जलदेवी टोल विकास संस्था भरतपुर–७ का अध्यक्ष दीपक ढकाल, रोट्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सुसान्त रेग्मी, अस्पतालका चिकित्सक तथा कर्मचारी, क्लबका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।