Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

माओवादीको कार्यवाहक नेतृत्व नारायणकाजीलाई दिन जनार्दनको प्रस्ताव

माओवादीको कार्यवाहक नेतृत्व नारायणकाजीलाई दिन जनार्दनको प्रस्ताव

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले महाधिवेशनसम्म पार्टीको कार्यवाहक नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।आइतबार पार्टी कार्यालयमा बसेको जेनजी विद्रोहपछिको पहिलो पदाधिकारी बैठकमा शर्माले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे व्यापक दस्तावेज पेश गर्दै नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्न अबको बाटो तय गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जेनजी आन्दोलनले भ्रष्ट राजनीति, नेतातन्त्र, दलाली र कमिसन तन्त्र मात्र नभई परिवारवाद र वैभवशाली जीवनशैलीको संस्कृतिलाई पनि कठोर प्रहार गरेको उल्लेख गर्दै, पार्टीले आत्मआलोचना गर्नुपर्ने र जनतासँग पश्चाताप गर्नुपर्ने बताए। उनले आन्दोलनलाई समस्या मात्र नभई समाधानको बाटोका रूपमा लिनुपर्ने धारणा राखे।

उनको प्रस्तावअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीले राजीनामा दिँदै महाधिवेशनसम्म कार्यभार नारायणकाजीलाई दिनुपर्नेछ र त्यसपछि नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गरिनेछ ।

प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिला, दलित, अल्पसंख्यक र उत्पीडित समुदायको नेतृत्व विकास, सहिद परिवार र अपाङ्ग योद्धाको व्यवस्थापन, पुनर्निर्माणमा स्वयंसेवक परिचालन र भ्रष्टाचारमुक्त पार्टी बनाउन स्वतन्त्र छानबिन आयोग गठनजस्ता विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट