Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काम नगर्ने निर्माण व्यवसायीसँग ठेक्का खारिज : मन्त्री घिसिङ

काम नगर्ने निर्माण व्यवसायीसँग ठेक्का खारिज : मन्त्री घिसिङ

काठमाडौँ  :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले लामो समयदेखि काम रोकेर जीर्ण अवस्थामा राखिएका आयोजनाका ठेक्का तोडिने चेतावनी दिनुभएको छ। नेपाल निर्माण व्यवसायी महासङ्घसँगको भेटमा उहाँले कम मूल्य कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँका अनुसार बजेट र आवश्यक व्यवस्था हुँदाहुँदै पनि काम नगर्ने निर्माण व्यवसायीलाई दण्ड–जरिवाना र बैंक जमानत जफतजस्ता कारबाही गर्नुपर्ने अवस्था आएको छ। “काम नगर्ने, ढिला गर्ने र गुणस्तरहीन कार्य सह्य हुँदैन,” मन्त्री घिसिङले चेतावनी दिनुभयो।

विदेशमा गुणस्तरीय काम गर्ने नेपाली व्यवसायीले स्वदेशमा पनि समयमै र गुणस्तरसहित आयोजना सम्पन्न गरी सक्षम भएको सन्देश दिनुपर्ने उहाँको भनाइ छ। उहाँले जेनजी आन्दोलनपछि बनेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण भएकाले निर्माण क्षेत्रमा रहेको अनियमिता अन्त्य गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट