काठमाडाैँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
शाहीले अगाडि सारेका मुख्य बुँदाहरू
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
प्रदेश खारेजी
संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द
भ्रष्टाचारीलाई कडा कारबाही
राष्ट्रिय एकता कायम
यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ । उनले युवाहरूलाई यी एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् । शाहीका अनुसार यी बुँदाहरूमा सुधार नभएसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij