Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अब सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : ऊर्जामन्त्री घिसिङ

अब सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : ऊर्जामन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुक परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।आइतबार सिंहदरवारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

देशमा देखिएको निराशालाई निर्मूल पार्न सबै मन्त्रालय र सचिवहरूलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न भनिएको उनले बताए ।यस्तै मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पुरा नगर्नेसँग सम्झौता तोड्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट