चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७, शीतल टोलविकास संस्थामा चोरी गरिरहेको अवस्थामा दुई जनालाई स्थानीयले रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्। वडाध्यक्ष राजेन्द्रमणि काफ्लेका अनुसार शनिबार राति करिब २ बजेको समयमा स्थानीय शर्मिला श्रेष्ठको घरमा चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
स्थानीयले होहल्ला गरी उनीहरूलाई घेरा हालेपछि चोरीमा संलग्न दुई व्यक्ति भाग्न सफल हुन सकेनन्। तत्कालै प्रहरीलाई खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय, नारायणगढको जिम्मा लगाइएको छ।
पछिल्लो समय यस क्षेत्रमा चोरीका घटना बढेकाले स्थानीय बासिन्दा त्रसित थिए। स्थानीयको सक्रियता र सुझबुझले गर्दा ठूलो क्षति हुनबाट जोगिएको वडाध्यक्ष काफ्लेले बताएका छन्। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij