काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी कार्कीले विभिन्न व्यक्तिसँग परामर्श गर्ने क्रममा पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेकी हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयारसमेत भएका छन् । जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै बनेको अन्तरिम सरकारमा हालसम्म तीन जना मात्र मन्त्री रहेका छन् ।
भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाललाई, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय कुलमान घिसिङलाई र गृह तथा कानुन मन्त्रालय ओमप्रकाश अर्याललाई दिएकी छिन् ।
युवा पुस्ताबाट पुनलाई पनि सरकारमा समेट्नुपर्ने माग बढ्दो छ । वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तारमा अग्रणी भूमिका खेलेका पुनलाई रोमन म्यागासेसे पुरस्कारले समेत सम्मानित गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij