चितवन : मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोलास्थित पुल नजिकै खसेको ठूलो पहिरोका कारण सवारी आवागमन अझै अवरुद्ध भएको छ। ढुंगा झर्ने क्रम रोकिएको छैन, जसले गर्दा सडक सुचारु गर्न कठिनाइ भएको हो। आज बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढतर्फ दुवैतर्फबाट तीनवटा मेशिन परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ। सुरक्षाका कारण यात्रुहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।