Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नेपाल तेक्वान्दो संघ जिल्ला शाखा चितवनको बागडोर सम्हाल्दै श्रेष्ठ

नेपाल तेक्वान्दो संघ जिल्ला शाखा चितवनको बागडोर सम्हाल्दै श्रेष्ठ

नेपाल तेक्वान्दो संघ चितवनको अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत भएका छन।सौराहामा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आठ सदस्य पदाधिकारी सर्वसम्मत चयन भएका हुन। जसको उपाध्यक्षमा धन बाहादुर दराई, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ, सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ्ग, सोमराज दराई र सुस्मिता थापा चयन भएका हुन।

संघका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवम चितवन खेलकुद बिकास समितीका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण चापागाईं, ६ का वडा अध्यक्ष किरण महत्तो, ८ का वडा अध्यक्ष एवम रत्ननगर खेलकुद बिकास समितिका संयोजक कृष्ण चौधरी नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य बब्लु सिवाकाेटी, प्रशिक्षक रोशन खान लगायतको उपस्थिती रहेको थियो।

निर्वाचन समितिका संयोजक अधिवक्ता दिवाकर अर्यालले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले आफुले सबैलाई समेटि पृथक ढङ्गबाट अगाडि बढ्ने बताएका छन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij