काठमाडौं :अर्थमन्त्री रामेश्वर खनालले बिहीबार नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएसँगै लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् ।अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् ।
यो कार्यदलले आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र मन्त्री खनालसमक्ष पेस गर्नुपर्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij