Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संविधान र राष्ट्रपति संस्थामाथि प्रहार गर्ने प्रयास भयो, मैले जोगाए : प्रचण्ड

संविधान र राष्ट्रपति संस्थामाथि प्रहार गर्ने प्रयास भयो, मैले जोगाए : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भूमिका खेलेको दाबी गरेका छन्।शुक्रवार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।

उनले जेन–जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको जिकिर गरे।रातभर राष्ट्रपति, प्रधानसेनापती र राजनीतिक दलका नेतहरूसँग छलफल संविधान र राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेको उनको दाबी छ।संविधान र राष्ट्रपतिको संस्था जोगाउनुमा माओवादी केन्द्रको पनि ठूलो योगदान रहेको भन्दै उनले त्यसलाई जोगाउनु आफ्नो राजनीतिक जिम्मेवारी भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट