Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जनप्रतिनिधिको व्यवहारमाथि प्रश्न: धरानका वडाध्यक्षको भिडियो भाइरल

जनप्रतिनिधिको व्यवहारमाथि प्रश्न: धरानका वडाध्यक्षको भिडियो भाइरल

धरान उपमहानगरपालिकाको बैठकमा नगरप्रहरीलाई पानी सार्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई बैठक चलिरहेको बेला नगरप्रहरीलाई आफू बसेकै ठाउँमा भएको पानीको जगबाट गिलास भरी पानी सार्न लगाएर पिउँछन् ।

यो सामान्य घटना भए पनि यसले जनप्रतिनिधिको व्यवहार र पदमा पुगेपछि आउने अहंकारलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरिरहेका छन् । अधिकांशको टिप्पणी छ कि जुन काम वडाध्यक्ष भट्टराई आफैँ गर्न सक्थे, त्यसका लागि उनी नगरप्रहरीलाई आदेश दिन्छन् । यो घटनाले जनप्रतिनिधिले जनताको सेवा गर्ने जिम्मेवारी बिर्सेर आफूलाई 'हाकिम' सम्झने प्रवृत्ति बढेको देखाएको धेरैको भनाइ छ ।

कतिपयले यो घटनालाई व्यंग्य गर्दै लेखेका छन्, 'हामीले चुनेका जनप्रतिनिधिले यति पनि गर्न सक्दैनन् र ?' यो भिडियोले पदमा पुगेपछि मानिसको स्वभाव कसरी परिवर्तन हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण दिएको छ । यसबाट जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्नेमा उनीहरुले कसरी शक्ति र पदको दुरुपयोग गर्छन् भन्ने विषयमाथि गम्भीर प्रश्न उठेको छ । सामाजिक सञ्जालमा यो भिडियो सेयर गर्दै धेरैले जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारी र व्यवहार सुधार्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट