Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संविधान रक्षा गर्न एकढिक्का हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

संविधान रक्षा गर्न एकढिक्का हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई राजनीतिक अस्थिरता र अन्योलतातर्फ धकेलिन नदिन राजनीतिक दलहरुले मिहिनेतपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता अटल राख्न सबै जिम्मेवारी पक्षले परिस्थितिको सुक्ष्म विश्लेषण गरी विवेकपूर्ण ढंगले अग्रसर हुनपर्ने बताउनुभएको हो ।

उहाँले वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाँती राख्दै, मनोमालिन्यता र तिक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का हुन आह्वानसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij