Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको प्रयास भएको प्रचण्डको खुलासा

संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको प्रयास भएको प्रचण्डको खुलासा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछिका घटनाक्रममा संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको प्रयास भएको खुलासा गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

उनले भने, “इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो। संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन कस्ता कसरत भए भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ।”

उनका अनुसार संकट व्यवस्थापनका क्रममा उनले रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति र विभिन्न दलका नेतासँग संवाद गरी अन्तरिम सरकार गठन गर्ने र संविधान जोगाउने पहल गरेका थिए।

राष्ट्रपति पौडेललाई अप्ठ्यारो परिस्थितिमा संविधान जोगाउन सफल भएकोमा बधाई दिँदै प्रचण्डले भने, ‘संविधानलाई असफल बनाउन खोजिएको घडीमा राष्ट्रपतिले दृढतापूर्वक भूमिका निर्वाह गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij