Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

संविधान दिवसको रौनक: चितवनमा वृक्षारोपण र झन्डोत्तोलन

संविधान दिवसको रौनक: चितवनमा वृक्षारोपण र झन्डोत्तोलन

चितवन : नेपालमा आज संविधान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। संविधान जारी भएको दिनको सम्झनामा मनाइने यो दिवस पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गते मनाइन्छ। नेपालमा हालसम्म विभिन्न समयमा ६ वटा संविधानहरू लागू भएका छन्, तर सबैभन्दा नयाँ संविधान जारी भएको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाइन्छ।

यस अवसरमा संविधान दिवस मूल समारोह समिति, चितवनले आज बिहान जिल्ला समन्वय समिति परिसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा झन्डोत्तोलन गर्नुका साथै शान्तिको प्रतीक मानिने परेवाहरू उडाइएको थियो। वातावरण संरक्षणको सन्देश दिँदै वृक्षारोपण पनि गरिएको छ।

लामो सङ्घर्ष र बलिदानीपूर्ण आन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ साल असोज ३ गते 'नेपालको संविधान २०७२' घोषणा भएको थियो। दोस्रो संविधानसभाले अथक मेहनत र लामो छलफलपछि यो संविधान जारी गरेको हो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट यस संविधानलाई जारी भएको घोषणा गरेका थिए। यो संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा डोऱ्याएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij