Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

टुँडिखेलमा संविधान दिवस मनाइँदै

टुँडिखेलमा संविधान दिवस मनाइँदै

काठमाडौँ : काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा आज संविधान दिवस भव्यताका साथ मनाइएको छ। देशभर विभिन्न कार्यक्रम आयोजना भइरहँदा काठमाडौँको मूल समारोह भने टुँडिखेलमा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त परेड प्रदर्शन गरेका थिए। विभिन्न झाँकीहरू पनि प्रदर्शन गरिएको थियो जसले नेपालको संस्कृति र विविधता झल्काएको थियो। शान्तिको प्रतीक परेवा र बेलुनहरू उडाएर दिवसको शुभकामना आदानप्रदान गरिएको थियो।

यस वर्षको संविधान दिवस 'संविधानको मर्म र भावना, राष्ट्रिय एकता र समृद्धिको कामना' भन्ने नाराका साथ मनाइएको हो। संविधान दिवसले देशलाई लोकतान्त्रिक र समृद्ध बनाउने दिशामा सबैलाई एकताबद्ध हुन प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij