Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन प्रहरीका पदम वास्ताकोटी प्रहरी निरीक्षकमा बढुवा

चितवन प्रहरीका पदम वास्ताकोटी प्रहरी निरीक्षकमा बढुवा

चितवन  : जिल्ला प्रहरी कार्यालय, चितवनमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पदम वास्ताकोटी प्रहरी निरीक्षक पदमा पदोन्नति भएका छन्। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको निर्देशन अनुसार बढुवा गरिएको हो।

२०८२ असोज २ गते आयोजित एक विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले नवपदोन्नत प्रहरी निरीक्षक वास्ताकोटीलाई दर्ज्यानी चिन्ह सुशोभन गराएका हुन्।

कार्यक्रममा प्रहरी उपरीक्षक पुरीले पदोन्नतिको लागि प्रहरी निरीक्षक वास्ताकोटीलाई बधाई दिँदै उनको व्यावसायिक जिम्मेवारी र कार्यसम्पादनमा थप सफलताको कामना गरे। साथै, उनले प्रहरीको गरिमा र कर्तव्यलाई उच्च राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन पनि दिए।प्रहरी निरीक्षक पदम वास्ताकोटीले आफ्नो नयाँ जिम्मेवारीलाई इमान्दारीपूर्वक निभाउने र जनसेवामा सदैव समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij