Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

देश पुनर्निर्माणका लागि नेपाली काङ्ग्रेसका नेता राजभण्डारीको ५१ लाख सहयोग घोषणा

देश पुनर्निर्माणका लागि नेपाली काङ्ग्रेसका नेता राजभण्डारीको ५१ लाख सहयोग घोषणा

काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सांसद दिव्यमणि राजभण्डारीले देशको पुनर्निर्माणका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाललाई आवश्यक परेको यस घडीमा सबै मिलेर सहयोग गर्नुपर्ने बताउँदै उनले आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्।

राजभण्डारीले देशमा भएको विनाशबाट प्रभावित क्षेत्र र जनतालाई सहयोग गर्न यो रकम खर्च गरिने बताएका छन्। उनले सहयोग रकम सरकारको पुनर्निर्माण कोष वा अन्य उपयुक्त माध्यमबाट पीडितसम्म पुर्याइने जानकारी दिए।

यस सहयोग घोषणाले अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि सहयोग गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। यस किसिमको सहयोगले देश पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।नेता राजभण्डारीको यो सहयोगले विपद्को समयमा नेताहरूले जनताप्रति देखाउनुपर्ने जिम्मेवारी र संवेदनशीलताको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij