Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बागमती प्रदेश सभा सदस्यद्वारा खैरहनीको आगजनी क्षेत्रको अवलोकन

बागमती प्रदेश सभा सदस्यद्वारा खैरहनीको आगजनी क्षेत्रको अवलोकन

खैरहनी, चितवन: बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले चितवनको खैरहनी नगरपालिकामा भएको आगलागीबाट पीडित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

हालै खैरहनीको बजार क्षेत्रमा आगलागी हुँदा ठूलो मात्रामा धनमालको क्षति भएको थियो। त्यस घटनापछि पीडित परिवार र व्यवसायीको अवस्था बुझ्न सांसद जोशी बिहीबार (आज) घटनास्थल पुगेका हुन्।

उनले आगलागीबाट नष्ट भएका पसल, घर र अन्य भौतिक संरचनाहरूको निरीक्षण गरे। उनले पीडितहरूसँग भेटघाट गरी घटनाबाट भएको क्षतिबारे जानकारी लिए र सहानुभूति प्रकट गरे।

अवलोकनका क्रममा सांसद जोशीले पीडितहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। साथै, भविष्यमा यस्ता घटना हुन नदिन र आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान दिने आश्वासन पनि दिए।यो भ्रमणले स्थानीय जनतामा जनप्रतिनिधिप्रति विश्वास बढाएको र पीडितहरूलाई केही हदसम्म भए पनि सान्त्वना मिलेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij