काठमाडौँ: गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यकास्थित विभिन्न प्रहरी कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।बिहीबार बिहान उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग, प्रहरी वृत्त महाराजगञ्ज र नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री अर्यालले प्रहरीको काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी लिएका थिए। उनले प्रहरीले सम्पादन गर्दै आएको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र नागरिकमैत्री सेवाका विषयमा चासो राखेका थिए।
भ्रमणका क्रममा उनले प्रहरी अधिकारीहरूलाई शान्तिपूर्ण र सुरक्षित समाज निर्माणमा अझै सक्रिय भएर लाग्न निर्देशन दिएका छन्। मन्त्री अर्यालले प्रहरीलाई कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी ढंगले काम गर्न पनि आग्रह गरेका छन्।उनले प्रहरीको मनोबल उच्च राख्दै थप व्यावसायिक बनाउन सरकार सहयोग गर्न तयार रहेको पनि बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij