रत्ननगर: चितवनको कालिका नगरपालिकामा अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एउटा बोलेरो गाडी नियन्त्रणमा लिइएको छ। गत भदौ ३१ गते बिहान प्रहरीले गस्तीका क्रममा कालिका नगरपालिकाको वडा नम्बर १ बाट उक्त गाडी र तीन थान सालका गोलिया बरामद गरेको हो।
उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाका अनुसार, वन समिति र वन हेरालुको टोलीले कालिका-७, लाहुरेचोक नजिकबाट उक्त गाडी (प. ३-०३-००१ च १८६ नम्बरको) लाई रोक्न खोजेका थिए। तर, चालकले गाडी रोक्नुको सट्टा तीव्र गतिमा भगाएका थिए।वनको टोलीले गाडीको पिछा गर्दा चालकले गाडीलाई कालिकाको वडा नम्बर १ को केराघारीमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेका थिए। त्यसपछि चालक भने गाडी छोडेर फरार भएका छन्।
वन समितिले गाडी र बरामद भएको काठ डिभिजन वन कार्यालय, भरतपुरमा बुझाएको छ।कार्यालयले थप अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजी पनि भइरहेको छ।यस घटनाले वन क्षेत्रमा अवैध काठ तस्करी बढिरहेको र यसलाई नियन्त्रण गर्न सामुदायिक वन तथा सुरक्षा निकायबीच समन्वयको आवश्यकता रहेको देखाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij