चितवन : चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा लगातारको वर्षाका कारण पानीको बहाव बढेको छ। गए रातिदेखि परेको अविरल वर्षाले नदीको सतह खतराको तहमा पुगेको छ।
नदीमा पानीको बहाव बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय र प्रहरीले नदी किनारका बस्तीहरूमा माइकिङ गरेर सुरक्षित स्थानमा जान सूचना जारी गरेका छन्।
चितवनको देवघाट र नवलपरासीको गैंडाकोटस्थित पुल छेउमा राखिएको जलमापन केन्द्रका अनुसार, नदीमा पानीको बहाव अहिले खतराको तहभन्दा माथि पुगेको छ। यसले नदी किनारका खेतियोग्य जमिन र आसपासका बस्तीहरूमा कटान र डुबानको जोखिम बढाएको छ।
स्थानीय प्रशासनले उद्धार र राहतका लागि तयारी अवस्थामा रहेको जनाएको छ। नदीको बहाव अझै बढ्न सक्ने सम्भावना भएकाले अर्को सूचना जारी नभएसम्म नदी किनारमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij