Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने – नेपाली जनताको चाहानालाई सम्मान गर्छौं

प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने – नेपाली जनताको चाहानालाई सम्मान गर्छौं

काठमाडौँ  : प्रधानमन्त्री सुशील कार्कीसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली जनताको चाहनालाई चीनले सधैँ सम्मान गर्ने बताएका छन्। अन्तरिम सरकार गठनपछि उहाँहरूबीच बिहीबार प्रधानमन्त्री कार्यालयमा यो पहिलो औपचारिक भेटवार्ता भएको हो।

भेटका क्रममा राजदूत सोङले चीनले सदैव नेपाललाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए। परराष्ट्र मन्त्रालयका अनुसार, उनले नेपाललाई असल छिमेकीको नाताले हेर्ने र नेपाली जनताको चाहनालाई सम्मान गर्दै सरकारलाई आवश्यक परेको बेला सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारे।

राजदूत सोङले भने, “नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं। आगामी दिनमा पनि सहयोग गर्नेछौँ। सरकारलाई के आवश्यक पर्छ, असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।”

यस भेटघाटले नेपाल र चीनबीचको पुरानो तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ। यसले दुई देशबीचको आर्थिक, कूटनीतिक र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने देखिन्छ। प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारलाई चीनको यस प्रकारको सहयोगको आश्वासनले आगामी दिनमा विकास निर्माण र अन्य क्षेत्रमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

यस भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाएको छ र आगामी दिनमा पनि सहकार्यका नयाँ अवसरहरू खुल्ने संकेत दिएको छ। विशेष गरी नेपालमा अहिलेको राजनीतिक संक्रमणकालमा चीनको यस्तो आश्वासन महत्त्वपूर्ण मानिन्छ। यसले नेपालको स्थिरता र विकासका लागि चीनको निरन्तर समर्थन रहेको पुष्टि गर्दछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij