Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले के भने ?

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले के भने ?

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर निरीक्षण गरी ब्रिफिङ लिएका छन् ।नयाँ गृहमन्त्रीले प्रहरी प्रधान कार्यालय पुगेर निरीक्षण गर्ने परम्परामा उनी बिहीबार बिहान प्रधान कार्यालय पुगेका हुन् ।

उनलाई प्रहरीका कामकारबाहीका बारेमा जानकारी गराइएको छ । ब्रिफिङपछि सम्बोधन गर्दै उनले अहिलेको कठिन अवस्थामा उच्च मनोबलका साथ खटिन निर्देशन दिएका छन् ।मन्त्रालयको तर्फबाट प्रहरीलाई सक्दो सहयोग हुने भन्दै उनले उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij