काठमाडौं : जेनजी आन्दोलनमा सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल पठाएन भन्ने आलोचना गलत भएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् । उनले बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको जिकिर गरेका हुन्।
उनले भने- ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो। हामीले पहिले नै पठाउन खोजेका थियौँ । तर न्यूरोड लगायत क्षेत्रमा आन्दोलन जारी रहँदा सुरक्षाको कारणले पठाउन नसकेको हो । हामीले विभिन्न व्यक्तिहरू अथवा विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट हामीले आफ्नो व्यक्ति एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा पानी तत्काल होस्, दमकलमा पानी सकिएपछि त्यही ठाउँमा पानी ट्यांकर पुर्याउन हामीले अनुरोध गरेर सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गर्ने पनि गर्यौँ।’
पाण्डेले सिंहदरबारमा २४ गते बेलुकै सवा ८ बजेदेखि नै दुईवटा दमकल पुर्याएको दाबी गरेका छन् । यस्तै महानगरको दमकल २४ गते बेलुका सवा ८ बजेबाट २६ गते बिहानसम्म विभिन्न ठाउँमा लागेको आगो निभाउन परिचालन भएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij