Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर : हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध भएको सडक मध्यान्ह १२ बजेपछि सञ्चालनमा आएको हो ।

भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बलुवासहितको भल र पहिरो हटाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij