Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

एनएमए अध्यक्षमा गुरुङद्वारा प्यानलसहित उम्मेदवारी

एनएमए अध्यक्षमा गुरुङद्वारा प्यानलसहित उम्मेदवारी

काठमाडौं : नेपालको पर्वतीय पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील कुलबहादुर गुरुङले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । मलेसियाको लिंकन विश्वविद्यालयबाट पर्वतीय पर्यटन विषयमा विद्यावारिधि गरिरहेका गुरुङले शनिबार हुन लागेको संघीय चुनावमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान! सशक्त संघ, दिगो पर्वतीय पर्यटन!’ नारासहित गुरुङले आफ्नो समूहलाई अगाडि बढाएका छन् । उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी र सक्षम उम्मेदवार रहेका कारण चुनाव जित निश्चित भएको दाबी गरे ।

गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा दिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन । यसैगरी सदस्यहरुमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij