Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

झापा : झापाको कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीको खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij