Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कोशीका पत्रकारद्वारा प्रदेशसभा गेटमा विरोध प्रदर्शन

कोशीका पत्रकारद्वारा प्रदेशसभा गेटमा विरोध प्रदर्शन

विराटनगर : कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

संसदीय पत्रकारले कोसी प्रदेशसभा गेट परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो ।

विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कोसीका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij