Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

धितोपत्र बोर्ड सञ्चालक समितिमा वाग्ले नियुक्त

धितोपत्र बोर्ड सञ्चालक समितिमा वाग्ले नियुक्त

काठमाडौँ : नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शुक्रबार शपथ गराएका छन्। नवनियुक्त बोर्ड सदस्य वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले समेत स्वागत गरेका छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम वाग्ले सदस्यका रूपमा मनोनयन भएका हुन् । धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij