काठमाडौँ : नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगी गर्ने व्यक्तिहरूले सबै आवेदकमाथि अतिरिक्त प्रभाव पार्ने भन्दै सचेत गराएको छ।दूतावासले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । ‘केही व्यक्तिहरूको ठगीका कारण सबै भिसा आवेदकमाथि थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना हुन्छ।
हामी कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्छौँ र हाम्रा अधिकारीहरूले ठगलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्’, जारी सूचनामा भनिएको छ ।दूतावासले यदि कसैलाई भिसासम्बन्धी ठगीबारे जानकारी भएमा तुरुन्तै रिपोर्ट गर्न पनि अनुरोध गरेको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij