Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नेपाली आरोही पाण्डेले गरे इन्डोनेसियाको सर्वोच्च शिखर ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

नेपाली आरोही पाण्डेले गरे इन्डोनेसियाको सर्वोच्च शिखर ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

काठमाडौँ : विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका नेपाली आरोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको सर्वोच्च शिखरको सफल आरोहण गर्नुभएको छ।

उहाँले यसै साता अगस्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको हो । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समयअनुसार बिहान ९ः३० बजे चन्द्र सूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराउनुभएको थियो।

सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरूको आरोहण गर्ने तयारीमा रहेका पाण्डेलाई राष्ट्रिय झन्डा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो।

सेभेन समिट अभियानमा पाण्डेले अब उत्तर अमेरिकी महादेश, अन्टार्कटिका महादेश र अस्ट्रेलियाको हिमाल आरोहण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यस अधि उहाँले अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको शिखरमा फेब्रुअरी ६ तारिखमा दिन बिहान सफल आरोहण‍ गरिसक्नु भएको छ। सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेका उहाँ सात वटा महादेशका अग्ला हिमाल चढ्ने क्रममा हुनुहुन्छ ।

सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट अभियान सुरु गर्नुभएका पाण्डेले अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो र दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखर अकोन्कागुआको पनि सफल आरोहण गरी सक्नुभएको छ । अब आफ्नो आगामी यात्रा उत्तर अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गर्ने रहेको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij