Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

स्याङ्जामा घरकै बाकसमा बालक मृत फेला

स्याङ्जामा घरकै बाकसमा बालक मृत फेला

स्याङ्जा : स्याङ्जाकाे वालिङ नगरपालिका वडा नम्बर ५ द्वार भन्ज्याङमा १३ वर्षीय बालक निसान थापा मृत अवस्थामा फेला परेका छन् । बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत रहेका थिए ।

विद्यालयमा परीक्षा सकेर घर फर्किएका बालक घरमै बहिनीसँगै रहेका थिए । उक्त समयमा उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । मेलाबाट आमा घर आयपछि घरमा उनलाई नदेखी खोजी कार्य गर्दा घरकै आँटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो ।घटनाबारे जानकारी प्राप्त भएपछि गएरातिनै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।अहिले प्रहरीले घटनास्थललाई सिलबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij