Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बल्ड बैंक र अक्सिजन पलान्टको अभाव

बल्ड बैंक र अक्सिजन पलान्टको अभाव

बाजुरा :  बाजुराको पूर्वि उत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पताललाई बल्ड बैंक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको छ ।

यस अस्पतालमा यहाँका बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्ला लगायतका बिरामीहरु आउने गर्छन् ।

बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयहरुलाई बल्डबैंक तथा अक्सिजन पलान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ ।

यहाँको बुढीनन्दा नगरपालिकाले यो अस्पतालमा पछिल्लो समय औषधी कर्मचारीहरु व्यवस्थापन गर्दैै आएको भएपनि बल्ड बैंक तथा अक्सिजन पलान्टको भने अँझै निकै अभाव हुने गरेको कोल्टी अस्पतालले जनाएको छ ।

मुगुको सदरमुकाम टाढा पर्छ । त्यहाँ भन्दा यता नजिक पर्छ । त्यसैले उपचारमा लागि कोल्टीमा आउने गरेको मुगुको खत्याडकी स्थानीय सुम्मी रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेका भन्दा अहिले यहाँ उपचार पनि राम्रो हुन्छ । पहिला भिडियो एक्सरे गर्न बाहिर जानु पथ्र्यो । अहिले त्यो सबै सेवा यतै पाइन्छ । त्यसका लागि बाहिर जानु परेको छैन ।”

कहिले काँही रगतको कमी भएको बेला रगतको आवश्यक पर्छ । बल्ड बैंक तथा अक्सिजन पलान्टको व्यवस्था यतै भइदिएको भए निकै सहज हुने रोकायाले बताउनुभयो ।

स्वास्थ्य चौकीको रुपमा मात्र सञ्चालन भएको यो अस्पताल २०६३ सालदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै अहिले २०८० वैशाखबाट कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालन भएको हो ।

आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले यहाँका दुर्गमका स्थानीयलाई यता उपचारमा निकै सहज भएको अस्पताल प्रशासन सहायक इन्द्र सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलाभन्दा अहिले नगरपालिकाले व्यवस्था गरेपछि यहाँ आउने गरेका बिरामीहरुले औषधी ल्याब भिडियो एक्सरे लगायतका राम्रो सेवा  पाउँन थालेका हुन् ।’’

यहाँका मुख्य समस्या भनेको बल्ड बैंक तथा अक्सिजन पलान्टको हो । यसका लागि प्रदेश तथा सङ्घीय सरकारले केही सहयोग गरिदिने हो भने यहाँ आउने गरेका बिरामीहरुले उपचारका लागि बाहिर जानु पर्दैन् ।

अहिले कोल्टी अस्पतालमा एक दिनमा झण्डै दुई सयभन्दा बढी बिरामीहरु उपचारका लागि आउने गर्छन् । त्यसमा दर्जनौ भन्दाबढी सुत्केरी महिला आउँने गरेका छन् । यहाँ बल्ड बैंक तथा अक्सिजन पलान्ट नहुँदा उनीहरुलाई उपचार गर्न निकै समस्या हुने गरेको सुनारले बताउनुभयो ।

यहाँ आउने गरेका बिरामीहरुलाई आफुले सक्दो प्रयास गरेर सेवा दिने गरेका छौ । यहाँ विशेष खालको उपकरण नभएकोले त्यति बेला ती आवश्यक उपकरण चाहिने बिरामीहरुलाई भने सेवा दिन समस्या भएको कोल्टी आधारभूत अस्पतालका प्रमुख डा. रञ्जित शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपचारका लागि यहाँ आउने गरेका बिरामीहरुलाई कहिले रगतको अति आवश्यक पर्छ । यहाँ बल्ड बैंक तथा अक्सिजन पलान्टको व्यवस्था गरेको छैन् । त्यो नहुँदा त्यस्ता खाले बिरामीहरुलाई अन्य ठाउँमा रिफर गर्न बाध्य हुन्छौ ।’’

यहाँ अस्पतालमा बल्ड बैंक तथा अक्सिजन पलान्टकोे राम्रो व्यवस्था हुने र अन्य दुइ चार जना डाक्टर हुने हो भने यहाँ आउने गरेका बिरामीहरुले उपचारका लागि बाहिर जानु नपर्ने शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट