काठमाडौं : स्थानिय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज पनि चाँदीको मूल्य बढेको छ ।
चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij