चितवन : पूर्वी चितवनको रत्ननगरको वडा नं. १६ पिठुवा दोबाटो बजारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।खैरहनी नगरपालिकातर्फबाट दोबाटो बजारतर्फ आइरहेको ना ३ त ७४३० नं को ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा साइकल यात्री रत्ननगर १६ सेवाकेन्द्र टोल निवासी अन्दाजी वर्ष ७० को कृष्णबहादुर पन्तको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पन्तलाई वडाध्यक्ष हेमराज थापा सहित स्थानीयको सहयोगमा उपचारको लागि रत्ननगर बकुलर अस्पताल लगिएकोमा बिहान १०:२२ बजे डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी रन्जन अवाले जानकारी दिए।मृतकको शवलाई पोस्टमार्टमको लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij