Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर अस्पतालद्वारा क्याथ ल्याबबाट स्ट्रोक, हृदयघात र न्युरोको उपचार सेवा दिइरहेको जानकारी

भरतपुर अस्पतालद्वारा क्याथ ल्याबबाट स्ट्रोक, हृदयघात र न्युरोको उपचार सेवा दिइरहेको जानकारी

चितवन : भरतपुर अस्पताल, चितवनले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अबदेखि एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर जडान तथा न्युरो इन्टरभेन्सन प्रविधि प्रयोग गरेर पक्षघात (स्ट्रोक), क्यारोटिड स्टेनोसिस, मस्तिष्कघात (ब्रेन) लगायतका समस्या सुलभ ढंगले निदान र उपचार गर्न सकिने जानकारी दिएको छ।

नयाँ सेवा सुरु भएसँगै बिरामीहरूलाई काठमाडौं वा अन्य शहर जानु नपर्ने अवस्था सिर्जना भएको छ। भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले सम्बन्धित सेवाग्राहीहरूलाई अब स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुने जानकारी दिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने यस सरकारी अस्पतालमा, आधुनिक उपकरण तथा दक्ष जनशक्तिमार्फत सेवा सञ्चालनमा आएको जनाइएको छ।

515992110_1167510695414649_6211135360948084994_n-1751625276.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट