रत्ननगर : रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य श्रीकृष्ण चौधरीको निवास रत्ननगर–४, भोकाहाबाट चोरी भएको यामाहाको स्कुटरसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बागमती प्रदेश ०३-००३८-६९२० नम्बरको उक्त स्कुटर बिहीबार बिहान ११ बजे भरतपुरको गोन्द्राङ चेकपोष्टअगाडि चेकजाँचको क्रममा फेला परेको हो।
स्कुटरका धनी ४७ वर्षीय कृष्ण चौधरीले बिप्स मिडियालाई दिएको जानकारीअनुसार रत्ननगर नगरपालिका–४, सितलचोकस्थित उनको निवासबाट स्कुटर चोरी भएको थियो।प्रहरीले चोरीको स्कुटरसहित संलग्न एक युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij