Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

स्थापनाको दुई दशक पछि तमू प्ये ल्हु संघ चितवनले खरिद गर्‍यो आफ्नै नाममा जमिन

स्थापनाको दुई दशक पछि तमू प्ये ल्हु संघ चितवनले खरिद गर्‍यो आफ्नै नाममा जमिन

भरतपुर : तमू प्ये ल्हु संघ चितवनले संस्था स्थापना भएको दुई दशकपछि आफ्नै नाममा जमिन खरिद गरेको छ । भरतपुर महानगरपालिका वडा नं.४ स्थित यज्ञपुरीमा खरिद गरेको एक कठ्ठा जमिन पास गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए । वि.सं.२०६० सालमा संस्थाको चितवन जिल्ला शाखा स्थापना भए पनि आफ्नै जमिन र संरचना नहुँदा प्ये ल्हु संघको नियमित गतिविधि प्रभावित बन्दै आएको थियो ।

त्यसकारण संघले गतवर्षदेखि जमिन खरिद गर्नुका साथै उक्त जमिनमा आवश्यक संरचना निर्माणको लागि अर्थ सङ्कलनको अभियान सञ्चालन गरेको थियो । अर्थ सङ्कलनको कार्यक्रम चल्दै गर्दा हालै जग्गाधनी पुर्जा प्राप्त गरिएको अध्यक्ष तमूले बताए । प्ये ल्हु संघको चितवन जिल्ला समितिको उद्देश्यलाई सबैको सहयोगमा पूरा गर्न सम्भव भएको उनले बताए । जमिन खरिद गरिए पनि त्यसमा आवश्यक क्होइबो धीँसहितको संरचना निर्माण गर्ने अर्को चुनौती जारी रहेको हुँदा अर्थ सङ्कलन अभियानलाई निरन्तरता दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट